आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रकुल प्रीतले गरिन् निर्माता ज्याकीसँग विवाह


  • माउन्टेन खबर
  • बिहिबार, फाल्गुन १०, २०८०
  • 146
    SHARES

बलिउड अभिनेत्री रकुल प्रीत सिंहले लगनगाँठो कसेकी छन् । बुधबार भारतको दक्षिण गोवास्थित आईटीसी ग्रान्ड होटलमा रकुलले निर्माता ज्याकी भगनानीले विवाह गरेकी हुन् ।

रकुल र ज्याकीको विवाहमा बलिउडका धेरै सेलिब्रेटी उपस्थित थिए । विवाह समारोहमा अभिनेत्री शिल्पा शेट्टीले पति राज कुन्द्रासँग प्रस्तुति दिएकी थिइन् । शाहिद कपुर, भूमि पेडनेकर, अनन्या पाण्डे र आयुष्मान खुराना पनि श्रीमती ताहिरा कश्यपसँग देखिएका थिए ।

यस्तै, विवाहमा अभिनेत्री अनन्या पाण्डे, अर्पिता मेहता, जान्हवी धवन र अन्तारा मोतीवाला मारवाह पनि सहभागि थिए ।

विवाहपछि सामाजिक सञ्जालमा तस्वीर सेयर गर्दै रकुल प्रीतले लेखेकी छिन्, ‘अब तिमी सधैंका लागि मेरो हौ।’ यससँगै उनले विवाहको मिति (२१–०१–२०२४) पनि समावेश गरेकी छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)