बुधबार, बैशाख २६, २०८१

नवनियुक्त मन्त्री दीपक मनाङेले लिए शपथ


  • माउन्टेन खबर
  • सोमवार, चैत्र ५, २०८०
  • 53
    SHARES

काठमाडौँ । नवनियुक्त मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङेले गण्डकी प्रदेश भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रीको शपथ लिएका छन् । प्रदेश प्रमुख डिल्लीराम भट्टले मन्त्री मनाङेलाई सोमबार शपथ गराएका हुन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आजै मनाङेलाई भौतिक पूर्वाधार मन्त्री नियुक्त गरेका थिए ।

यस्तै, मुख्यमन्त्री पाण्डेले कृषि मन्त्री महेन्द्रध्यज जिसीलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका छन् । केन्द्रमा समीकरण फेरिएपछि मुख्यमन्त्री पाण्डेले माओवादी मन्त्रीलाई बर्खास्त गरेर भौतिक र सामाजिक विकास मन्त्रालय आफैँसँग राखेका थिए ।

स्वतन्त्र रुपमा उम्मेदवारी दिएर सांसद बनेपछि नेकपा (एकीकृत समाजवादी)प्रवेश गरेका मनाङेले पुनः स्वतन्त्र सांसद बन्नका लागि आइतबार प्रदेश सभा सचिवालयमा निवेदन दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }