बिहिबार, बैशाख २७, २०८१

भारतीय सिनेमाका सबैभन्दा महँगा खलनायकः केजीएफ स्टार यशले रावण बन्न १५० करोड लिए


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र ६, २०८०
  • 53
    SHARES

एजेन्सी । केजीएफ र केजीएफ २ का नायक यश अब खलनायक बन्नेछन् । उनी रणवीर कपुर, साई पल्लवी स्टारर फिल्म रामायणमा रावणको भूमिकामा देखिनेछन् ।

दंगल, छिछोरे जस्ता हिट फिल्म बनाएका नितेश तिवारी फिल्मका निर्देशक हुन् ।

विशेष कुरा के छ भने यशले यो भूमिकाका लागि १५० करोड भारु पाएका छन् । यो हिन्दी सिनेमाको इतिहासमा खलनायकले लिने सबैभन्दा धेरै पारिश्रमिक हो ।

मिडिया रिपोर्टका अनुसार यश केजीएफ ३ को सुटिङमा पनि व्यस्त छन् तर यसका बाबजुद उनले आफ्नो पहिलो बलिउड फिल्मको रुपमा रामायणलाई रोजेका छन् ।

बलिउडमा एक अभिनेताले खलनायकको रूपमा यति पारिश्रमिक लिनु ठूलो कुरा हो, किनभने अहिलेसम्म यस्तो भएको छैन ।

इतिहासमा शीर्ष खलनायक प्राणले एक फिल्मका लागि ६ सय रुपैयाँ पाएका थिए । रिपोर्टका अनुसार यशले रणवीर सिंह, सञ्जय दत्त, कमल हसन, विजय सेतुपति, इमरान हाश्मी र सैफ अली खान जस्ता स्टारको रेकर्ड तोडेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }