शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

राजनीतिकर्मीले आफैँ विकास हुन्छ भनेर सन्तोष मान्नु हुँदैनः महामन्त्री थापा


  • माउन्टेन खबर
  • बुधबार, बैशाख २६, २०८१
  • 465
    SHARES

 

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिकर्मीले आफैँ विकास हुन्छ भनेर सन्तोष मान्नु नहुने बताउनुभएको छ ।

बुधवार काठमाडौंमा चलचित्र बोक्सीको घर हेरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले समाज आफैँ बदलिन्छ भनेर सन्तोष मानेर बस्न नहुने बताउनु भयो । उहाँले राजनीतिक कार्यकर्ताहरुले समाज विकासको गति बढाउन आवश्यक रहेको बताउनु भयो । उहाँले चलचित्र बोक्सीको घरले समाज विकासका लागि ठूलो भुमिका खेलेको बताउनु भयो । उहाँले नेपाली समाज अझै बदलिन नसकेको र बदल्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले सन्तोष मान्नु हुँदैन । किन मान्नु हुँदैन भने समाज आफैँ बदलिरहेको छ, बदलिरहन्छ, बिस्तारै हुँदै जान्छ भनेर मात्रै हुँदैन । १० वर्षमा हुन्छ भनेर छोड्यौँ भने त हामी जस्तो राजनीतिक कार्यकर्ता किन चाहियो । यसको गति बढाउने काम हाम्रो हो । यसमा केकी अधिकारीको चलचित्रले ठूलो भुमिका खेल्छ । यति धेरै महिलाहरुले सेक्सुहल ह्यारिसमेण्ट आफ्नो जीवनमा व्यहोर्नुपरेको छ । आफ्ना नातागोताहरुबाट । यसलाई बाहिर बताउन सकेका छैनौँ । नेपाली समाज धेरै बदलिएको छैन, बदल्नुपर्नेछ । यो फिल्मले आधार दिएको छ ।’

कार्यक्रममा बोल्दै अभिनेत्री केकी अधिकारीले चलचित्रलाई देशभित्र र बाहिर पनि दर्शकले उच्च साथ दिएको बताउनु भयो । चलचित्रले समाजमा रहेको विकृति र विसंगतिको बारेमा आवाज उठाएको बताउनु भयो ।

उहाँले चलचित्र बोक्सीको घरलाई चलचित्रमा मात्रै सिमित नगरी चलचित्रले उठाएका आवाजका बारेमा बहस हुन जरुरी रहेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)