बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले जेठ २८ गते विश्वासको मत लिने


  • माउन्टेन खबर
  • शनिबार, जेष्ठ २६, २०८१
  • 275
    SHARES

काठमाडौँ- गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले जेठ २८ गते प्रदेश सभामा विश्वासको मत लिनुहुने भएको छ ।

मुख्यमन्त्री पाण्डेले  जेठ  २८ गते विश्वासको मत लिने प्रस्ताव बारे जानकारी गराएसँगै प्रदेश सभाले बैठक आब्हान गरेको छ ।

यस अघि जेठ १७ गतेबाट देखि अनिश्चित कालका लागि स्थगित गरिएको बैठक जेठ २८ गते तीन बजेका लागि बोलाइएको छ ।

सर्वोच्च अदालतको परामादेशसँगै संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री बन्नुभएका पाण्डेको दलसँग  २७ सांसद रहेका छन् । ६० सदस्यीय सदनमा विश्वासको मतका लागि ३१ सांसदको समर्थन चाहिन्छ । केन्द्रीय सत्ता गठबन्धन बाहिर रहेका दलले समर्थन गरेमा पाण्डेले विश्वासको मत पाउने अवस्था छ ।

पाण्डेको विश्वासको मतका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई, बाबुराम भट्टराई नेतृत्व गरेको दल नेपाल समाजवादीका एक  र स्वतन्त्र सांसद राजिव गुरुङ मनाङे समर्थन गर्नु अनिवार्य छ ।

राप्रपा र नेपाल समाजबादी निकट सांसदसँगको पटक पटको संवादपछि पाण्डे प्रदेशको बजेट नीति कार्यक्रम ल्याउनु अघि नै विश्वासको मत ल्याउने निश्कर्षमा पुग्नु भएको हो ।

अर्का स्वतन्त्र सांसद राजिव गुरुङ्ग मनाङेले विश्वासका मतका लागि पाण्डेलाई राप्रपा र समाजबादीले सहयोग गरेमा आफुले पनि सघाउने बताउँदै आउनु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)