बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कांग्रेस-एमालेले टुंगाेलगाए लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीकाे नाम


  • माउन्टेन खबर
  • बुधबार, साउन ९, २०८१
  • 233
    SHARES

दाङ- लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीकाे नाम कांग्रेस-एमालेले टुंगाे लगाएका छन । पार्टी केन्द्रीय समितिले दिएकाे नामावलीकाे आधारमा दुवै पार्टीले मन्त्रीहरुकाे नाम टुंगाे लगाएका हुन् ।

नेकपा एमालेले लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने चार जना मन्त्रीकाे नाम टुंगो लगाएको छ । अघिल्लो सरकारमा मन्त्री बनेका दुई जनालाइ दाेहाेर्‍याइएको छ भने दुई जना नयाँ अनुहारलाई मन्त्रिमा स्थान दिइएको छ ।

कांग्रेस-एमाले समिकरणका आधारमा लुम्बिनीमा एमालेका चेतनारायण आचार्य मुख्यमन्त्री बनिसक्नु भएको छ । उहाँकाे क्याविनेटमा एमालेकाे तर्फबाट गुल्मीका दिनेश पन्थी, रूपन्देहीका भूमीश्वर ढकाल, पाल्पाका खेमबहादुर सारू र दाङ बाट सीता चाैधरी शर्मालाई मन्त्रीकाे रुपमा सहभागी हुनुहुने छ । पन्थी अघिल्लो सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री र ढकाल खानेपानी, ग्रामीण तथा सहरी विकास मन्त्री हुनुहुन्थ्यो ।

कांग्रेसले पनि लुम्बिनी प्रदेश सरकारमा सहभागी हुने आफ्ना मन्त्रीकाे नाम टुंगाे लगाएकाे छ । बर्दिया जिल्लाका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाकाे नेतृत्वमा कांग्रेस सरकारमा सहभागी हुने जनाइएको छ ।

गुल्मीका धनेन्द्र कार्की, प्युठानका सरोज थापा(राेज राणा), दाङका प्रचण्ड विक्रम न्यौपाने र बाँकेका बादशाह कुर्मीकाे नाम मन्त्रीकाे रुपमा टुंगिएकाे जनाइएको छ ।

नव नियुक्त मुख्यमन्त्री र मन्त्रीहरुले आज प्रदेश प्रमुखकाे कार्यालयमा सपथग्रहण गर्ने कार्यक्रम छ । सुरुमा मन्त्रीहरुले विना विभागिकाे रुपमा सपथ लिने र पछि जिम्मेवारी ताेकिने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)