मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गण्डकीका यातायात व्यवसायी आन्दोलित ,सार्वजनिक यातायात सबै बन्द


  • माउन्टेन खबर
  • आइतवार, साउन १३, २०८१
  • 152
    SHARES

काठमाडौं । यातायात व्यवसायीहरुले राइड सेयरिङको विरोधमा गण्डकी प्रदेशमा सार्वजनिक यातायातका साधन ठप्प पारेका छन् ।

गण्डकी प्रदेश सरकारले रातो नम्बर प्लेटका सवारी साधनले पनि यात्रु ओसार्न पाउने कार्यविधि ल्याउन लागेको विरोधमा यातायात व्यवसायीहरुले आज प्रदेशभर सार्वजनिक सवारी साधन ठप्प पारेका हुन् ।

यसअघि व्यवसायीहरुले कार्यविधि नल्याउन गत बिहीबार ४८ घन्टे अल्टिमेटम दिएका थिए । त्यसको भोलिपल्ट उनीहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री राजिव गुरुङ (दीपक मनाङे)लाई भेटेर ध्यानाकर्षण समेत गराएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)