आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

‘आर्थिक विकास यो सरकारको पहिलो प्राथकिमता हो’


  • माउन्टेन खबर
  • शनिबार, साउन २६, २०८१
  • 190
    SHARES

काठमाडौँ ।  उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकको आर्थिक विकास वर्तमान सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।

बागमती प्रदेशका सामाजिक विकास मन्त्रीमा हरिप्रभा खड्गी (श्रेष्ठ) र आन्तरिक मामिला तथा कानुनमन्त्रीमा सुरजचन्द्र लामिछाने नियुक्त हुनुभएकामा उहाँहरूलाई सम्मान गर्न आज यहाँ आयोजित कार्यक्रममा उहाँले मुलुकको सामाजिक–आर्थिक विकासलाई केन्द्रमा राखेर वर्तमान सरकार क्रियाशील रहेको बताउनुभयो ।

राजनीतिकि स्थायित्वका लागि वर्तमान सरकार गठन भएको सुनाउँदै उहाँले जनताले अनुभूत गर्नेगरी विकासका गतिविधि सञ्चालन गर्ने तथा समृद्धिको मार्गमा मुलुकलाई उन्मुख गराउनु यो सरकारको लक्ष्य हो भन्नुभयो । राष्ट्र र जनताका पक्षमा इमानदार भएर कामगर्ने प्रतिबद्धता पनि मन्त्री सिंहले व्यक्त गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)