बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गण्डकी सरकारमा एमाले सहभागि


  • माउन्टेन खबर
  • सोमवार, भदौ १७, २०८१
  • 122
    SHARES

गण्डकी-  सङ्घमा नेकपा (एमाले) र कांग्रेसको संयुक्त सरकार बनेको करिब दुई महिनापछि गण्डकी सरकारमा एमाले सामेल भएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एमालेबाट मन्त्रीहरु थप गरी सोमबार मन्त्रिपरिषद्को जिम्मेवारीमा समेत हेरफेर गर्नुभएको हो ।

एमालेबाट मन्त्री बन्नुभएकी नवलपुरकी संसाद पद्मा जिसीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पाउनुभएको छ । बागलुङका संसाद कृष्णप्रसाद पाठकले स्वास्थ्य मन्त्रालय पाउनुभएको छ ।

समानुपातिकबाट सांसद बन्नुभएका प्रकाशबहादुर केसीले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था पाउनुभएको छ । पर्वतबाट निर्वाचित सांसद मित्रलाल बस्यालले उद्योग तथा पर्यटन मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

यसअघि भौतिक पूर्वाधार मन्त्री रहनुभएका राजीव गुरुङ (दीपक मनाङे) लाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकिएको छ । स्वतन्त्र सांसद गुरुङको मन्त्रालय हेरफेर गर्नुभएका मुख्यमन्त्रीले नेपाली समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटालाई भने पुरानै मन्त्रालय ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिनुभएको छ।

आइतबार मात्रै मुख्यमन्त्री पाण्डेले मन्त्रालयको संख्या सातबाट बढाएर नौ बनाउनुभएको थियो । सोमबारको मन्त्रिमण्डल विस्तारपछि गण्डकी सरकारले पूर्णता पाएको छ । नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)