शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

चलचित्र ह्रस्वदीर्घको ट्रेलर सार्वजनिक


  • माउन्टेन खबर
  • बुधबार, कार्तिक २१, २०८१
  • 149
    SHARES

काठमाडौँ – नेपाली चलचित्र ह्रस्वदीर्घको ट्रेलर सार्वजनिक भएको छ ।

बुधवार काठमाडौँमा एक कार्यक्रमबीच चलचित्रको ट्रेलर सार्वजनिक भएको हो । हरिहर अधिकारी र निता ढुंगानाको मुख्य अभिनय रहेको चलचित्रमा भारतीय कलाकार व्रह्मानन्दम लगायतको पनि अभिनय रहेको छ । ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेत्री निता ढुंगानाले आफूले भन्दा पनि फिल्मले बोल्ने बताउनु भयो । उहाँले दुई दुई वर्ष लगाएर चलचित्र बनाएको र दर्शकको कृपाले राम्रो हुने बताउनु भयो । अभिनेता हरिहर अधिकारीले दर्शकको साथ र सहयोगले मात्रै आफूलाई अभिनयमा सन्तुष्टि मिल्ने बताउनु भयो । चलचित्रमा मेहनत गरेको र दर्शकले फिल्मले बाँकी कुरा बोल्ने बताउनु भयो ।

कार्तिक ३० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रमा लगानी अभिनेत्री ढुंगानाको रहेको छ । निता फिल्मस्को प्रश्तुतिमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । सिनेमामा हरिहर अधिकारी, निता ढुंगाना, व्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चिता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रविन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ । अभिनेता हरिहर अधिकारीको कथा र प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको सिनेमालाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन् । सिनेमालाई चन्द्र पन्तले निर्देशन गरेका हुन् । –न्युज एजेन्सी नेपाल

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)