शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतीय क्रिकेटर इरफान पठान पनि चलचित्रमा


  • माउन्टेन खबर
  • शनिबार, कार्तिक १५, २०७७
  • 474
    SHARES

मुम्बई। भारतीय क्रिकेटमा अलराउन्डर भूमिकामा देखिने गरेका क्रिकेटर इरफान पठान अब फिल्ममा खेल्ने भएका छन् । उनी कुनै हिन्दी फिल्ममा होइन, एक तमिल भाषाको फिल्मबाट डेब्यु गर्दैछन् ।

यस फिल्मका बारेमा उनले आफ्नो ३६औं जन्मदिनका अवसरमा गरेका हुन् । फिल्ममा उनको प्रथम तस्वीर रहेको पोस्टर पनि सार्वजनिक भएको छ । फिल्मको पोस्टरमा उनी निकै गम्भीर मुद्रामा देखिएका छन् । हुनतः भारतीय सिने उद्योगमा धेरै भारतीय क्रिकेटरले भूमिका निर्वाह गरिसकेका छन् ।

यस तमिल फिल्मको नाम कोब्रा राखिएको छ र यसमा इरफान पठानको नाम असलान यिलमाज हुनेछ । यहाँ उनी फ्रान्सेली इन्टरपोल अधिकारीको भूमिकामा रहेका छन् । यस फिल्ममा तमिल सुपरस्टार चियान विक्रम पनि रहने बताइएको छ । यसबाट के थाहा हुन्छ भने फिल्ममा विक्रमले नै मुख्य भूमिका निर्वाह गर्नेछन् र इरफानको भूमिका छोटो हुनेछ ।

केही मिडियाले विक्रमले यस फिल्ममा भारतीय जासुसको भूमिका निर्वाह गरेको बताएका छन् र उनी अलग अलग रुपरंगमा देखिने छन् । हाल यस फिल्मको सुटिङ भइरहेको छ । फिल्ममा केएस रवी कुमार, श्रीनिधि शेट्टी पनि काममा छन् ।

यो फिल्म अर्को वर्ष प्रदर्शन हुने अनुमान छ । (टाइम्स अफ इन्डिया)

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)