आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

संविधानले दिएको अधिकार प्रदेशमा प्रत्यायोजन नगर्दा समस्या भयो: मुख्यमन्त्री आर्चाय


  • माउन्टेन खबर
  • मङ्लबार, पुस २, २०८१
  • 135
    SHARES

रुपन्देही –  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानले दिएको अधिकार प्रदेशमा प्रत्यायोजन नगर्दा समस्या भएको बताउनु भएको छ ।

गृह मन्त्रालय र लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजनामा भैरहवामा आयोजित प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा बोल्दै संविधानले दिएको अधिकार अनुसार प्रदेशमा प्रहरी समायोजन लगायतका काम तत्काल गर्न गृहमन्त्री रमेश लेखकसँग आग्रह गर्नुभयो ।

संविधानले दिएको अधिकार प्रदेशमा हस्तान्तरण नहुँदा प्रहरीका भवन निर्माणका लागि बजेट छुट्टाउन पनि केन्द्रको आदेश कुरेर बस्नुपरेको गुनासो गर्नुभयो ।

उहाँले सङ्घीयतालाई बलियो बनाउनका लागि संविधानको अनुसूची अनुसार अधिकार दिनुपर्ने बताउँदै सुरक्षा क्षेत्रमा मिलेर काम गर्ने बताउनु भयो ।

मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशमा नवलपरासिदेखि बर्दियासम्म सीमा नाका रहेकाले सुरक्षा चुनौती रहेको बताउँदै त्यसलाई चुस्त बनाउन सुरक्षा संयन्त्र लागिपरेको उल्लेख गर्नुभयो । उहाँले प्रदेश सरकारले सुशासन कायम गर्न पूर्व मुख्यमन्त्रीको सुविधा कटौतीदेखि मन्त्रीको सेवा सुविधा समेत कटौती गरेको बताउँदै आफूले पाउँदै आएको पछुवा हटाएको बताउनु भयो ।

सुरक्षाको दृष्टिले मिल्ने भए आफूलाई अगुवा पनि नचाहिने भन्दै यस विषयमा सुरक्षा गोष्ठीमा छलफल हुनु पर्नेमा जोड दिनुभयो ।

गोष्ठीमा लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश कुमार अग्रवाल, १२ वटै जिल्लाका सुरक्षा अधिकारीको सहभागिता रहेको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)