शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

एमाले पार्टी त्यागे रसुवा जिल्ला अध्यक्ष ढकालले


  • माउन्टेन खबर
  • शनिबार, फाल्गुन २४, २०८१
  • 983
    SHARES

काठमाडौँ – नेकपा एमाले रसुवा जिल्ला अध्यक्ष जनार्दन ढकालले पार्टी अध्यक्षसहित सबै जिम्मेवारीबाट अलग भएको घोषणा गरेका छन् ।

शनिबार एक टेलिभिजनलाई अन्तरवार्ता दिँदै ढकालले यस्तो घोषणा गरेका हुन् ।

रसुवालाई एमाले संगठनको नमुना जिल्ला बनाएको तर आफुमाथि जिल्ला ईञ्चार्जसहितका नेताबाट पटक पटक भौतिक आक्रमण र असहयोग हुँदा केन्द्रले कुनै सुनुवाइ नगरेको ढकालको गुनासो छ ।

आफुमाथि जिल्ला सचिवसहितका नेताहरुबाट भएको आक्रमण र अपमान सहन नसकेर पार्टी छाडेको ढकालको तर्क छ । आगामी दिनमा स्वतन्त्र नागरिकको हैसियतमा जनताकै बीचमा रहने ढकालले घोषणा गर्नुभएको छ। तत्कालिन नेकपा विभाजन र एमालेबाट माधवकुमार नेपालसहितका नेताले दल विभाजन गर्दा रसुवामा विभाजनको असर हुन नदिन भुमिका खेल्नुभएका ढकाल यतीबेला दश बुँदे पक्षधर र एमालेमा आएका प्रेम तामाङको पेलान सहन नसकेर दल त्याग गर्नुपरेको दाबी गरेका छन् ।

तत्कालिन अवस्थामा नेकपा एकीकृतमा जान लागेका माधव अर्याल, राप्रपाहुँदै माओवादी, जसपा, नयाँ शक्ति र कांग्रेस हुँदै एमालेमा प्रवेश गरेका प्रेम तामाङलाई नेतृत्वले च्याप्न खोजेको ढकालको आरोप छ ।

पार्टी महासचिव शंकर पोखरेल र प्रदेश इञ्चार्ज राजन भट्टराईलाइ पटक पटक यो विषय अवगत गराएपनि निकास नआएको उहाँको भनाइ छ । रसुवामा भविष्यसम्मको नेताको उपमा पाएका ढकालले एकाएक दल त्यागको घोषणा गरेसँगै पार्टी नेता र कार्यकर्ता दबाबमा परेका छन् ।

ढकाल पार्टी अध्यक्ष केपी शर्मा ओलीको निकट मानिन्छन् ।
खास गरी संविधानसभा सदस्यरहिसकेका प्रेम तामाङ एमालेमा आएपछि जिल्लाको संगठन अराजक बनेको टिप्पणी भइरहेको छ । ढकाल २०७० को संविधानसभा सदस्यमा रसुवाबाट निर्वाचित हुनुभएको थियो । पार्टी बैठकहरूमा आफूमाथि पार्टी सचिव लगायतले चार पटकसम्म सांघातिक आक्रमणको गरेको पनि उनले आरोप लगाएका छन् ।

तत्कालिन नेकपाको केन्द्रीय सदस्य समेत रहनुभएका ढकाल पछिल्लो पटक एमालेको रसुवा अध्यक्ष हुनुहुन्थ्यो । जिल्लामा पार्टीलाई बलियो बनाउन तीन वटा घर र गाडी समेत बेचेर काम गर्दापनि आफुमाथि तुच्छ टिप्पणी हुनेगरेको भन्दै ढकाल आगामी दिनमा स्वतन्त्र रहने घोषणा गर्नुभएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)