शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

निर्देशक समाजको रजत महोत्सवमा नीर शाहलाई दीर्घ साधना सम्मान


  • माउन्टेन खबर
  • शनिबार, चैत्र २२, २०८१
  • 413
    SHARES

काठमाडौँ- नेपाल चलचित्र निर्देशक समाजले शुक्रवार काठमाडौँमा एक भव्य कार्यक्रम आयोजना गरी आफ्नो रजत जयन्ती वर्ष मनायो ।

संस्थाका अध्यक्ष जनक दीप पराजुलीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विशिष्ट चलचित्रकर्मी निर शाहलाई नगद राशिसहित रजत जयन्ती दीर्घ साधना सम्मान २०८१, शम्भु प्रधानलाई नगदसहित रजत जयन्ती हिरा सिंह स्मृति सम्मान २०८१, निर्देशक कलाकार श्याम राई, डा. सुबोध कुमार पोखरेल र रक्षा सिंह राणालाई रजत जयन्ती स्रष्टा सर्जक सम्मान २०८१ गरिएको थियो ।

त्यसै गरी डाइरेक्टर अफ दी एअर २०८० को अवार्ड व्यावसायिकतर्फ गत वर्ष धेरै व्यवसाय गर्ने चलचित्र ‘जारी’ का निर्देशक उपेन्द्र सुब्बाले प्राप्त गर्नुभयो भने कलात्मक ( क्रीटिक्स) तर्फ धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरूमा सहभागी हुने फिल्म ‘द रेड सुड्केश’ का निर्देशक फिडेल देवकोटाले प्राप्त गर्नुभयो ।

सम्मानित स्रष्टाहरुलाई बन तथा वातावरण मन्त्री ऐन बहादुर शाहि ठकुरीले सो सम्मान प्रदान गर्नु भएको थियो।

फिल्मकर्मीहरुको बाक्लो उपस्तिथि रहेको उक्त कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी विशेष अतिथिको रूपमा रहनु भएको थियो ।

कार्यक्रममा संस्थाको आकर्षक प्रोफाइल दृष्य सामग्री, निर शाहको बायोग्राफी, सम्मानित स्रष्टाहरूको भिडियो सामाग्री, नृत्य लगायत स्मारिकासमेत विमोचन गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)