बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जन गर्ने स्वास्थ्य मन्त्री पौडेलको तयारी


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ २, २०८२
  • 137
    SHARES

काठमाडौं-
 स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड परिमार्जनको तयारी गरेका छन् ।
हाल अस्तित्वमा रहेको स्वास्थ्य सञ्चालन मापदण्ड २०७७ र स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका २०७० लाई परिमार्जन गर्नका लागि उनले समिति गठन गरेका छन् ।
मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. सरोज शर्माको संयोजकत्वमा गठित समितिमा मन्त्रालयका एघारौं तहका सहसचिव डा. अनुप बास्तोला, वीर अस्पतालका प्रमुख नर्सिङ प्रशासक रोशनी लक्ष्मी तुईतुई, स्वास्थ्य समन्वय महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत डा. समीरकुमार अधिकारी, कानून उप सचिव गोपीकृष्ण रेग्मीलगायत छन् ।
हालको मापदण्डले आँखा अस्पताल, नाक, कान र घाँटी अस्पताल तथा न्युक्लियर मेडिसिन लगायतका स्वास्थ्य संस्थाको मापदण्ड नसमेटेकाले त्यसलाई थप्ने तयारी मन्त्रालयको छ ।
स्वास्थ्य मन्त्री पौडेलले अस्पतालहरुको सेवा सुधारका लागि विभिन्न निर्णय गरेका छन् । मन्त्रालयले स्वास्थ्य संस्थाको सेवा सुधार तथा प्रभावकारिता ल्याउन तयार पारेका सबै विषयलाई समेटेर मापदण्ड परिमार्जन गर्ने गरी तयारी अघि बढेको प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।
महामारीपछिको परिवर्तित अवस्थामा स्वास्थ्य सेवा प्रभवकारी बनाउन समेत अहिलेको मापदण्ड परिमार्जन जरुरी रहेकाले मन्त्रालयले प्रक्रिया अघि बढाएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)