बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नर्भिकले विश्व ब्रेन ट्युमर दिवसका अवसरमा निःशुल्क ओपीडी सञ्चालन गर्ने


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ २१, २०८२
  • 215
    SHARES
काठमाडौं–के तपाईंलाई बारम्बार टाउको दुख्छ ? बान्ता हुने या मुर्छा पर्ने समस्या छ ? यदि यस्तो छ भने बेवास्ता नगरी चिकित्सकको परामर्श लिनुहोस् । यस्तो समस्या ब्रेन ट्युमरजस्तो गम्भीर रोगको लक्षण पनि हुन सक्छ ।
यस्तै स्वास्थ्य समस्यालाई दृष्टिगत गर्दै थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालले विश्व ब्रेन ट्युमर दिवसका अवसरमा यही जेठ २४ गते वरिष्ठ न्यूरोसर्जनको टिमद्वारा निःशुल्क ओपीडी सञ्चालन गर्ने भएको छ ।
अस्पतालले सिनियर कन्सल्टेन्ट न्यूरोसर्जन प्रा. डा. राजीव झाको नेतृत्वमा निःशुल्क ओपीडी सञ्चालन गर्न लागेको हो, जसमा सिनियर कन्सल्टेन्ट न्युरोसर्जन डा. सुशीलमोहन भट्टराई, कन्सल्टेन्ट न्यूरोसर्जनहरु डा. नम्रता खड्का र डा. राजीव शाह तथा मेडिकल अफिसर डा. पंकज साहले पनि सेवा दिनुहुनेछ । निःशुल्क ओपीडी दिउँसो २ बजदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । सेवा लिन फोन नम्बर ०१–५९७००३२ मा सम्पर्क गर्न पनि अस्पतालले आग्रह गरेको छ ।
सामाजिक उत्तरदायित्वअन्तर्गत नर्भिक अस्पतालले विभिन्न समयमा विभिन्न रोगको निःशुल्क ओपीडी र परामर्श सेवा सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)