बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नागरिकले उचित मूल्यमा औषधी पाउने वातावरण बन्छ : मन्त्री पौडेल


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ २८, २०८२
  • 124
    SHARES

काठमाडौँ-  औषधीको मूल्यमा सुझाव दिन गठित समितिले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेललाई प्रतिवेदन बुझाएको छ। मन्त्रालयमा मङ्गलबार आयोजित कार्यक्रममा संयोजक डा. पोषराज पाण्डेले मन्त्री पौडेललाई प्रतिवेदन हस्तान्तरण गर्नुभयो।

मन्त्री पौडेलले लामो समयमसम्म औषधीको मूल्य गहिरोसँग अध्ययन नभएको र कतिपय औषधीको मूल्य समयअनुसार बढी भएको हुनसक्ने देखिएपछि समायोजनका लागि समिति गठन गरिएको बताउनुभयो।

‘अहिलेको प्रतिवेदनमा नसमेटिएका विषयसमेत सुझाव सङ्कलन गरेर कार्यान्वयनमा लगिने छ,’ उहाँले भन्नुभयो, ‘यसले औषधीको गुणस्तर सुधार, व्यवस्थापन र सुशासन कायम गर्न मद्दत पुग्ने विश्वास छ।’

मन्त्री पौडेलले नागरिकले उचित मूल्यमा प्राप्त गर्ने वातावरण बनाउन तयार पार्न क्रियाशील रहेको भन्दै प्रतिवेदनलाई पेसागत र व्यवसायिक विषय भए समेटेर कार्यान्वयनमा प्रक्रियागत ढङ्गले अघि बढ्ने बताउनुभयो।

‘हामीले स्वास्थ्यमा सुधार गर्न खोको क्षेत्र औषधी पनि हो,’ उहाँले भन्नुभयो, ‘मूल्यमा आधार नबन्दा समस्या छ। प्रविधिले धेरै कुरा सस्तो पनि बनाएकाले त्यस आधारमा समयसापेक्ष मूल्य निर्धारण महत्त्वपूर्ण हुन्छ।’

मन्त्री पौडेलले महँगो मूल्यमा किन्नु परिरहेको छ भने त्यसलाई अन्त्य गर्न खोजिएको भन्दै मूल्यबारे उपभोक्तालाई सुसूचित बनाउने परिस्थिति निर्माण गर्न खोजिएको बताउनुभयो।

प्रतिवेदन बुझाउनुहुँदै संयोजक डा. पाण्डेले छिमेकको अवस्था हेरेर विज्ञ तथा सरोकारवालासँग परामर्शका आधारमा प्रतिवेदन तयार पारेको भन्दै मूल्य पारदर्शी र वैज्ञानिक होस् भन्नेमा जोड रहेको बताए। मन्त्रालयका सचिव डिल्लीराम शर्माले अध्ययन गरेर प्रतिवेदन कार्यान्वयनमा लैजाने बताउनुभयो।

विभिन्न विषय विज्ञ संलग्न समितिले मन्त्रालयलाई मूल्य समायोजनका लागि मूल्य हेर्ने एकाइ र निर्धारण समिति व्यवस्था गर्न सुझाव दिएको छ। हरेक दुई वर्षमा मूल्य समायोजनका लागि समितिले सुझाव दिएको संयोजक डा. पाण्डेले बताउनुभयो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)