शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

विश्व स्वास्थ्य संगठनलाई दिदै आएको सहयोग रकम रोक्ने अमेरिकी राष्ट्रपतिको धोषणा


  • माउन्टेन खबर
  • बुधबार, बैशाख ३, २०७७
  • 640
    SHARES

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) लाई उपलब्ध गराउँदै आएको सहयोग रकम बन्द गर्ने घोषणा गरेका छन् ।

उनले  ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा डब्लुएचओको कार्यशैलीप्रति तिव्र असन्तुष्टि जनाउँदै यस्तो घोषणा गरेका हुन् ।

कोरोना भाइरसको महामारी फैलँदा डब्लुएचओको जिम्मेवारीप्रति ट्रम्पले गम्भीर प्रश्न उठाए । विश्व स्वास्थ्य संगठनले आधारभूत कर्तव्य पालनामा असफलता हासिल गरेको उनको आरोप अमेरिकी राष्ट्रपति ट्रम्पले लगाए । यसअघि ट्रम्पले डब्लुएचओ चीनतर्फ ढल्केको आरोप लगाएका थिए ।

अमेरिका डब्लुएचओलाई सबैभन्दा बढी सहयोग रकम दिने मुलुकमा पर्छ । अमेरिकाले अघिल्लो वर्ष विश्व स्वास्थ्य संगठनलाई ४० करोड डलर दिएको थियो जुन डब्लुएचओको बजेटको १५ प्रतिशत  हो ।

चीनबाट कोरोना भाइरसको संक्रमण देखिदा डब्लुएचओले महामारी नियन्त्रणमा खेल्नुपर्ने भूमिका राम्ररी नखेलेको ट्रम्पको आरोप लगाउदै आएका छन्। ।एजेन्सी

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)