बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

जिप लाइनमा पर्यटकको आकर्षण बढ्दो


  • माउन्टेन खबर
  • बुधबार, मंसिर ३, २०७७
  • 514
    SHARES

कैलाली। कैलालीको महोन्याल गाउँपालिका स्थित कर्णाली नदीमा ‘जिप लाइन’ सेवा सञ्चालनमा आएपछि पर्यटकको आकर्षण बढ्न थालेको छ । सुदूरपश्चिम प्रदेशको प्रवेश द्वारसमेत रहेको यस ठाउँमा कोभिड संक्रमणको जोखिमका बाबजुदपनि जिप लाइनको आनन्द लिन पर्यटकहरु आउने गरेका छन् ।

कैलालीको महोन्याल गाउँपालिका वडा नं. ७ पितमारी स्थित कर्णाली नदीको किनारमा जिप लाइन सेवा सञ्चालनमा आएको छ । अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको करिब १ सय ३० मिटर लामो लाइन निर्माण भएपछि जिपलाइन सेवा सञ्चालनमा आएको हो । साहसिक खेलको रुपमा रहेको जिप लाइनको मज्जा लिन अहिले दैनिक रुपमा पर्यटकको भिड लाग्ने गरेको छ ।

२०७६ सालको माघ महिना देखि जिपलाइन सञ्चालनमा आएपनि कोभिड संक्रमणको जोखिमका कारण बन्द रहेको थियो । चिसापानी एड्भेञ्चर रिसोर्टले करिब १० लाख रुपैयाँ लागतमा यो जिपलाइन सेवा सञ्चालनमा ल्याएको हो । यस क्षेत्रमा घुम्न आउने पर्यटकका लागि साहसिक खेलको मनोरञ्जन दिने उद्देश्यले जिपलाइन सेवा सञ्चालनमा ल्याइएको सञ्चालक तपेन्द्र रावलले बताउनुभयो ।

जिपलाइनको अनुभव लिन आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । साहसिक खेल जिपलाइन खेल्नका लागि अहिले दैनिक २ सय देखि ३ सयको संख्यामा पर्यटकहरु आउने गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)