मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पाँच तारे होटल हायात रिजेन्सी अनिश्चितकालका लागि बन्द


  • माउन्टेन खबर
  • शनिबार, कार्तिक ९, २०८२
  • 205
    SHARES

काठमाडौं –  जेन–जी आन्दोलनका क्रममा होटल परिसरमा तोडफोड भएपछि हायात रिजेन्सी होटल बन्द भएको छ । होटलले जेन–जी आन्दोलनका क्रममा होटलमा तोडफोड भएको र अराजक गतिविधि भएपछि आफ्नो सेवा अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेको हो ।

हायात रिजेन्सी होटलका मानव संसाधन निर्देशक मोहम्मद यूसुफ यामिनले विज्ञप्ति जारी गर्दै आन्दोलनका क्रममा भएको क्षति र सुरक्षाजन्य संवेदनशीलताका कारण होटल तत्काल सञ्चालन गर्न नसकिने जानकारी दिएका हुन् ।

होटल व्यवस्थापनका अनुसार मर्मत तथा पुनर्निर्माणको काम सकिएपछि मात्र पुन: सञ्चालनबारे निर्णय हुनेछ । सुरक्षा कारणले सम्पूर्ण श्रमिकलाई पनि अर्को सूचना नआएसम्म होटल परिसरमा उपस्थित नहुन आग्रह गरिएको छ ।

हायात रेजेन्सीले जारी गरेको सूचना अनुसार तोडफोड र अराजक क्रियाकलापका कारण होटलका व्यवसायिक गतिविधि पूर्ण रूपमा प्रभावित भएका छन् ।

 


प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)