बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवाका उच्च स्थानमा हिमपात


  • सुशिल कोईराला
  • मङ्लबार, कार्तिक १२, २०८२
  • 279
    SHARES

रसुवा – हिमाली जिल्ला रसुवाको उच्च क्षेत्रमा हिमपात भई रहेको छ । जिल्लाको क्यान्जिङ लाङटाङ तथा गोसाईंकुण्ड क्षेत्रमा अहिले हल्का हिम पात भई रहेको क्यान्जिका स्थानीय फिन्जो तामाङले बताउनुभयो उहाँका अनुसार आज बिहान बाट पानी परेता पनि दिउँसो देखि मात्र क्यान्जिङ लगायतका स्थानहरूमा हिमपात हुन लागेको हो ।

यसै बिच जिल्ला प्रशासन कार्यालय रसुवाले हिमाली क्षेत्रका उच्च स्थानहरूमा पदयात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकहरूलाई सावधानी अपनाएर मात्र पदयात्रा गर्न अनुरोध गरेको छ ।

प्रमुख जिल्ला अधिकारी राजेश पन्थीका अनुसार पदयात्रामा जानु पूर्व मौसम सम्बन्धी पूर्व सूचना एवं जानकारी लिई यात्रा गर्न तथा पदयात्रामा कुनै विपद् जन्य घटना भई हालेमा सम्बन्धित स्थानीय तह,स्थानीय जनप्रतिनिधि र नजिकै को सुरक्षा इकाई तथा स्थानीय प्रशासन लाई जानकारी गराउन समेत अनुरोध गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)