बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिकाबाट उर्मिलाको ख्रीष्टमस कोसेली ‘ख्रीष्टको प्रेममा’ ( भिडियो )


  • माउन्टेन खबर
  • सोमवार, मंसिर ३०, २०८२
  • 151
    SHARES

काठमाडौँ—  गायिका उर्मिला लाम्गादेको नयाँ ख्रीष्टियन म्युजिक भिडियो ‘ख्रीष्टको प्रेममा’ सार्वजनिक भएको छ। येशू ख्रीष्टको जन्मको सम्झनामा विश्वभर मनाइने ख्रीष्टमसको सन्देश—प्रेम, क्षमा र आशालाई गीतमार्फत प्रस्तुत गरिएको निर्माण टिमले जनाएको छ।

उक्त गीतमा शब्द तथा संगीत शंकर थापा ‘स्माइल’को रहेको छ भने संगीत संयोजन बिशम आचार्यले गरेका हुन्। निर्देशक तथा कोरियोग्राफर केशव राज भट्टको निर्देशनमा तयार भएको भिडियोमा सम्राट अधिकारी, श्रृष्टि सुब्बा र देवेन्द्र बरालको अभिनय देख्न सकिन्छ।

सांगीतिक र दृश्यात्मक प्रस्तुतिसँगै ख्रीष्टियन प्रेम–सन्देशलाई समेटिएको भिडियोले समाजमा सकारात्मक सोच प्रवाह गर्ने विश्वास निर्माण टिमको छ। अजय रेग्मीले छायांकन गरेको यस भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन्।

 

ख्रीष्टमसको आत्मिक सन्देशलाई केन्द्रमा राखेर तयार पारिएको यस म्युजिक भिडियो स्वयम् गायिका उर्मिला लाम्गादेको युट्युब च्यानल “उर्मिला लाम्गादे” मार्फत सार्वजनिक गरिएको हो।

भिडियो लिंक: https://youtu.be/cNvtF4ZQkW4?si=c8Gy5os4b5G-0EF9

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)