शनिबार, भदौ २७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ३४ हजार नाघ्यो


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख ४, २०७७
  • 716
    SHARES

कोरानो भाइरसका कारण विश्वभर मृत्यु हुनेको संख्या १ लाख ३४ हजार पाँच सय आठ पुगेको छ। २० लाख ८१ हजार भन्दा बढी मानिस संक्रमित छन्। कोरानाको इपिसेन्टर बनेको अमेरिकामा अहिलेसम्म मृत्यु हुनेको संख्या २८ हजार पाँच सय २६ पुगेको छ। त्यहाँ विगत २४ घण्टामा २ हजार चार सय ७९ जनाको मृत्यु भएको छ। वल्डोमिटरले बिहीबार विहान सार्वजनिक गरेको तथ्यांक अनुसार अमेरिकामा एकै दिन ३० हजार भन्दा बढी संक्रमित थपिएका छन्। अमेरिकामा कुल संक्रमितको संख्या ६ लाख ४४ हजार ५५ पुगेको छ। सबै भन्दा धेरै न्यूयोर्कमा ११ हजार पाँच सय ८६ जनाले ज्यान गुमाएका छन्।

त्यस्तै न्यूयोर्क पछि न्यूजर्सीमा ३ हजार भन्दा बढीको ज्यान गएको छ। न्यूयोर्कमा २ लाख १४ हजार संक्रमित छ। अमेरिकामा अहिलेसम्म ४८ हजार मानिस निको भएर घर फर्किएका छन्। अमेरिका पछि फ्रान्समा यसको महामारी भयावह हुँदै गएको छ। फ्रान्समा एकै दिन १४ सय ३८ जनाले ज्यान गुमाएका छन्। त्यहाँ मृत्यु हुनेको संख्या १७ हजार १ सय ६८ पुगेको छ। इटालीमा २१ हजार ६ सय ४५ जनाले ज्यान गुमाएका छन्।

त्यस्तै स्पेनमा १८ हजार ८ सय १२ जनाको मृत्यु भएको छ। बेलायतमा पनि मृतकको संख्या १२ हजार ८ सय ८६ पुगेको छ। त्यहाँ ९८ हजार चार सय ७६ जना संक्रमित छन्। विश्वभरमा संक्रमितमध्ये पाँच लाख नौ हजार भन्दा बढी मानिस निको भइसकेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)