बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रास्वपालक्षित प्रचण्डको टिप्पणीः घण्टी बजाएर मात्र केही हुनेवाला छैन


  • माउन्टेन खबर
  • मङ्लबार, माघ १४, २०८२
  • 202
    SHARES

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोसल मिडिया स्टन्टवाज गरेर जनतामा भ्रम छर्ने काम गरिरहेको टिप्पणी गर्नुभएको छ ।

मंगलवार काठमाडौंमा आयोजित नेपाली कम्युनिष्ट पार्टी र क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका एकता पक्षधरसँगको एकता घोषणा कार्यक्रममा बोल्दै उहाँले सो जिकिर गर्नुभएको हो । संयोजक दाहालले सो पार्टीमा विचार र सिद्धान्तको खडेरी भएकलो निर्वाचनको बेलामा सोसल मिडियामआ स्टन्टबाज गर्ने बाहेक अरु केही गर्न नसकेको आरोप समेत लगाउनु भयो ।

 

उहाँले मुलुकलाई घण्टी बजाएर मात्रै केही हुन नसक्ने भन्दै सबै बामपन्थी शक्तिहरुलाई एकतावद्ध भएर अघि बढन पनि आह्वान गर्नुभयो । सबै वामपन्थी शक्तिहरु एकतावद्ध भएर अघि बढेमात्रै मुलुक र जनताको हित हुने संयोजक दाहालको भनाई थियो ।

उहाँले भन्नुभयो,‘घण्टी बजाएर मात्रै हुनेवाला केही पनि छैन । अहिले यहाँ सिद्धान्तको खडेरी, विचारको खडेरी सोसल मिडियामा स्टन्टवाज गरेको भरमा जनताको दिमाग चाटने जो काम भईराखेको छ । यसलाई हामी सबै एकतावद्ध भएर मात्रै क्रस गर्न सकिन्छ । र बाँकि रहेका सबै युवा र पुराना कमरेडहरुले पनि सोच्नुहोस् हामी सबै मिलेर एउटा विशाल भवन निर्माण गरौ–समाजवादी भवन । त्यसले मात्रै देश र जनताको सेवा गर्छ ।’

संयोजक दाहालले मोहन वैद्य किरणलाई पनि आफ्नो पार्टीमा समाहित भए सम्मानका साथ स्वागत गर्ने बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)