बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रास्वपासँगको एकता १२ दिने ‘दुर्घटना’ मात्रै थियो: कुलमान घिसिङ


  • माउन्टेन खबर
  • मङ्लबार, माघ १४, २०८२
  • 143
    SHARES

काठमाडौं –  उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अब आफ्नो पार्टीको नाम र चुनाव चिन्ह कुनै पनि अन्य दलसँग विलय हुन नदिइने घोषणा गरेका छन्। मंगलवार काठमाडौँमा आयोजित ‘उज्यालो नेपाल काठमाडौँ–रामेछाप मञ्च’ गठन कार्यक्रममा बोल्दै उनले पार्टीको स्वतन्त्र अस्तित्वलाई कायम राख्दै अघि बढ्ने प्रतिबद्धता जनाएका हुन्।

अध्यक्ष घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको छोटो समयको एकता सम्झौतालाई एक ‘नराम्रो दुर्घटना’ को रूपमा स्मरण गरे। रास्वपासँगको एकताको १२ दिनको अवधिलाई उनले पार्टी ‘कोमा’ मा पुगेको समयको रूपमा टिप्पणी गर्दै अहिले पार्टी पूर्ण रूपमा तन्दुरुस्त भएर बाहिर निस्किएको दाबी गरे। “अब हामी कुनै पनि दलसँग मिसिएर उज्यालो नेपाल पार्टीको नाम र चुनाव चिन्ह विलय हुन दिने छैनौँ, अरु पार्टी हामीसँग मिसिन सक्छन् तर हामी कतै मिसिन जाँदैनौँ,” उनले स्पष्ट पारे।

उनले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफ्नो पार्टीका तर्फबाट चुनावी मैदानमा रहेका १२१ जना उम्मेदवारहरूलाई जिताउन आम मतदातासँग अपिल समेत गरे। निर्वाचनका समयमा खर्च घटाउनुपर्नेमा नयाँ भनिएका दलहरू नै तडकभडकमा लागेको भन्दै उनले दुःख व्यक्त गरे। आफू विद्युत प्राधिकरणको कार्यकारी प्रमुख हुँदा लोडसेडिङ अन्त्य गरी प्राप्त गरेका उपलब्धीहरूलाई स्मरण गर्दै उनले मुलुकको समग्र र दीर्घकालीन विकासका लागि उज्यालो नेपाल पार्टी नै एक मात्र विकल्प भएको जिकिर गरे।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)