मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवमा काँग्रेसको लहर


  • माउन्टेन खबर
  • बुधबार, माघ १५, २०८२
  • 830
    SHARES

रसुवा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा रसुवा जिल्लामा  १२ जना नेता चुनावी प्रतिस्पर्धामा छन्।

प्रतिनिधिसभातर्फ एउटा मात्र निर्वाचन क्षेत्र रहेको रसुवा जिल्लामा ९ राजनीतिक दल र ३ जना स्वतन्त्र उम्मेदवार गरी जम्मा १२ जना उम्मेदवारी दर्ता गरेर आफ्नो जित सुनिश्चितताका लागि मतदाता रिझाउने घरदैलो अभियान छन् ।

विसं २०७९ को चुनावमा झैँ यस पटक पनि पुरानै राजनीतिक दलबिच प्रतिस्पर्धा हुने देखिएको छ ।अघिल्लो निर्वाचनमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन आचार्य निर्वाचित भएका थिए ।

नेपाली काँग्रेसको तर्फबाट मोहन आचार्यले तेस्रो पटक प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका हुन्। आचार्य २०७४ र २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा लगातार दुई पटक निर्वाचित भइसकेका उम्मेदवार हुन्।

२०७९ मा रसुवाबाट प्रतिनिधिसभा सदस्यमा दोस्रो पटक निर्वाचित हुदाँ आचार्यले नेकपा एमालेका उम्मेदवार छोवाङ तेन्जिङ तामाङलाई फराकिलो मतान्तरले पराजित गरेका थिए। आचार्यले १८ हजार २३५ मत ल्याउँदा तामाङले ८ हजार ६१४ मत पाएका थिए । उनीहरूबिचको मतान्तर ९ हजार ६२१ रहेको थियो।

त्यस अधि २०७४को निर्वाचनमा पनि आचार्यले एमालेका जनार्दन ढकाललाई पराजित गरेका थिए। । आचार्यले १४ हजार ४५३मत प्राप्त गर्दा  उनका निकटतम प्रतिद्वन्द्वी एमालेका जनार्दन ढकालले १० हजार २७८ मत प्राप्त गरेका थिए।

नेकपा एमालेको तर्फबाट केन्द्रीय सदस्य प्रेमबहादुर तामाङले उम्मेदवारी दर्ता गराएका छन्।तामाङ २०६४ सालमा संविधानसभा सदस्यमा निर्वाचित हुनुका साथै २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पराजित र २०७४ सालमा प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। तामाङ नेकपा  माओबादि ,नयाँशक्ति , नेपाली काँग्रेस हुँदै एमालेमा प्रवेश गरेका व्यक्ति हुन्।

नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट केन्द्रीय सदस्य माधव लामिछानेले उम्मेदवारी दर्ता गराएका छन्। यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट वसन्त भट्ट, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हरिप्रसाद घिमिरे, मङ्गोल नेशनल अर्गनाइजेसनबाट विनोद थिङ, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट दाबा साङ्बो तामाङ, कम्युनिस्ट पार्टी (माओवादी) बाट होमप्रसाद आचार्य तथा उज्यालो नेपाल पार्टीबाट मानबहादुर तामाङले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्।

स्वतन्त्रतर्फ सागर लामा, दावा मिङमर तामाङ र चित्रकुमारी देवकोटा पनि प्रतिनिधिसभा सदस्यका लागि  प्रतिस्पर्धामा छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)