बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सिंगो पार्टी पंक्ति एक ढिक्का भएर निर्वाचनको प्रचार अभियानमा जुट्न सभापति थापाको निर्देशन


  • माउन्टेन खबर
  • शुक्रबार, माघ १७, २०८२
  • 166
    SHARES

जनकपुर- नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले आफू पार्टीका निःवर्तमान सभापति शेरबहादुर देउवासँग निरन्तर सम्वादमा रहेको बताउनुभएको छ ।

शुक्रवार जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले निवर्तमान सभापति देउवासहितका नेताहरुसँग निरन्तर सम्वादमा रहेको बताउनुभएको हो ।

सभापति थापाले मुलुक निर्वाचनमा होमिएकाले सिंगो पार्टी पंक्तिलाई एक ढिक्का भएर निर्वाचनको प्रचार अभियानमा जुट्न पनि निर्देशन दिनुभयो । हिजोका कुरालाई लिएर काँग्रेसका कुनैपनि नेता, कार्यकर्तालाई पार्टीभित्र फरक मत राख्ने समय नभएको सभापति थापाको भनाई थियो ।

उहाँले निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई असहयोग गर्ने नेता, कार्यकर्तालाई कारबाही गर्ने चेतावनी समेत दिनुभयो ।

सभापति थापाले भन्नुभयो,‘नेपाली काँग्रेस पार्टीमा अहिले नयाँ नेतृत्व आएको छ । र यो अधिवेशनका क्रममा पार्टी भित्र केही अप्ठयाराहरु पनि रहे । तर म सबै साथीहरुलाई अनुरोध गर्न चाहन्छु–नेपाली काँग्रेस पार्टीले यस्ता अप्ठयाराहरु सहनसक्ने क्षमता नेपाली काँग्रेससँग छ । म अहिले नेपाली काँग्रेसका निःवर्तमान सभापति श्रद्धेय नेता शेरबहादुर देउवासँग पनि निरन्तर सम्वादमा छु । पार्टीका अरु नेताहरुसँग पनि निरन्तर सम्वादमा छु । नेपाली काँग्रेस पार्टी एक ढिक्का भएर फागुन २१ गतेको निर्वाचनतर्फ अगाडि बढिरहेको छ । हिजोको कुरालाई लिएर कहीँकतै कसैले पनि मनमा पनि केही कुरा नराख्नु होला । र, फागुन २१ गते पछाडि पनि पार्टीभित्र सबै साथीहरु एक ढिक्का भएर मिलेर हामी अगाडि बढ्छौँ । त्यसैले सबै जना एकढिक्का भएर जानुपर्छ । कहीँकतै कसैलाई पनि हामीहरु हिजो कहाँ उभियौ भन्ने आधारमा न पार्टीको नेतृत्वले त्यो व्यवहार गर्छ, न गर्न हुन्छ । हामी सबै एक ढिक्का भएर जान्छौ । त्यसकारण मेरो पहिलो आग्रह नेपाली काँग्रेस पार्टी भित्र अव हिजोको कुरामा अडकिएर बस्ने समय कोहीसँग पनि छैन । हामी एक ढिक्का, एक मन भएर निर्वाचनमा जाने हो । पार्टीका उम्मेदवारलाई असहयोग गर्नेहरुलाई पार्टीले कारबाही गर्छ ।’

सभापति थापाले पार्टीलाई एकतावद्ध बनाएर लैजान आफूले कुनै कसर बाँकि न राख्ने पनि बताउनु भयो । —न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)