बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कांग्रेस बदलिएको सन्देश तल्लो तहसम्म पुर्‍याउन सभापति थापाको आह्वान


  • माउन्टेन खबर
  • आइतवार, माघ २६, २०८२
  • 154
    SHARES

काठमाडौँ –  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस बदलिएको सन्देश तल्लो तहसम्म पुर्याउन आह्वान गरेका छन् । कांग्रेस काठमाडौँ ५ ले आयोजना गरेको सदस्य भेलामा सभापति थापाले भदौ २३ गतेको जेन-जी आन्दोलन र २४ गतेको विध्वंशको ज्वालाबाट पाठ लिएर कांग्रेस सच्चिएको र अब देश बदल्ने अभियानमा रहेको सन्देश तल्लो तहसम्म पुर्याउन कार्यकर्ताहरुसँग आग्रह गरे ।

‘विगतमा कांग्रेसबाट रिसाएकाहरूलाई कांग्रेस बदलिएको सन्देश पुर्‍याउनुपर्नेछ,’ उनले भने । हिजो कांग्रेसलाई मत हालेका २७ लाख मतदाता माझ जानुपर्ने बताउँदै उनले अब घर घरमा गएर संवाद गर्नुपर्ने र जेन-जीका कुरा सुन्नुपर्ने उल्लेख गरे ।

सभापति थापाले जेन-जीको पूरा कुरा सुनेर अन्तिममा सडकमा तिमीले गरेको आवाज सुनेर बदलिएको एकमात्र पार्टी कांग्रेस भएको बताउन आग्रह गरे ।
‘पुसको विशेष महाधिवेशनपछि सबैभन्दा नयाँ पार्टी कांग्रेस हो । यो सन्देश लिएर घर घर जानुपर्छ,’ उनले भने ।

सभापति थापाले नागरिक किन रिसाए र कहाँ कमजोरी भयो भन्ने कुराको सामना गर्नुपर्ने भन्दै त्यसकै लागि विशेष महाधिवेशन भएको र नयाँ नेतृत्व आएको बताए । “यसमा कसैले हारेको छैन, सबैले जितेका छौं, अब पक्ष विपक्षको च्याप्टर क्लोज भयो, हामी सबै एक ठाउँमा छौँ, सभापति थापाले भने ।

उनले सबै पक्षमात्र नभएर देशलाई नै मिलाएर लैजाने शक्ति कांग्रेस भएको बताए । देशमा देखिएको भागबण्डाको संस्कृति तथा भ्रष्टाचार रोक्न कांग्रेस सशक्त रूपमा उभिने दाबी गर्दै सभापति थापाले नयाँ कांग्रेसको सन्देश सामाजिक सञ्जालमार्फत समेत फैलाउन आग्रह गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)