बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ: प्रधानमन्त्री कार्की


  • माउन्टेन खबर
  • शुक्रबार, फाल्गुन १, २०८२
  • 114
    SHARES

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले देशलाई निकास दिन आगामी निर्वाचनको सफलताका लागि सक्रियतापूर्वक भाग लिन सबैलाई आग्रह गर्नुभएको छ ।

पूर्वी पहाडी जिल्लाको भ्रमणका क्रममा ताप्लेजुङको पाथीभरामा स्थानीयसँग अन्तरक्रिया गर्दै आज उहाँले शान्तिपूर्ण रूपमा निर्वाचन सफल बनाउन सबैको योगदान हुनुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्री कार्कीले फुङ्लिङमा मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका जिल्ला प्रमुखसँग पनि निर्वाचन तयारी र सुरक्षाबारे छलफल गर्नुभएको उहाँका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिनुभयो ।

प्रधानमन्त्री कार्कीले पाथीभरा मन्दिरको दर्शन पनि गर्नुभएको थियो।।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)