बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान


  • माउन्टेन खबर
  • मङ्लबार, फाल्गुन ५, २०८२
  • 167
    SHARES

काठमाडौँ –  राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन सफल पार्न आह्वान गर्नुभएको छ ।

मंगलवार शेर्पा संघले आयोजना गरेको ग्याल्पो ल्होसार २१५३ औं) मे फो त ल्हो (नयाँ वर्ष) को शुभकामना दिनुहुँदै उहाँले निर्वाचन सफल बनाउन आह्वान गर्नुभएको हो ।

 

उहाँले सुशासनमार्फत समृद्धि आउने र समृद्धिबाट मुलुकमा शान्ति, स्थायित्व, राष्ट्रिय एकता सुदृढ हुने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रपति पौडलले लोकतन्त्रमा जनताको अभिमत लिने उपयुक्त माध्यम निर्वाचन भएको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सुशासनमार्फत समृद्धिबाट नै मुलुकमा शान्ति, स्थायित्व र राष्ट्रिय एकता अझ सुदृढ हुन्छ । त्यसैका लागी लोकतन्त्रमा जनताको अभिमत लिने उपयुक्त माध्यम निर्वाचन नै हुने भएकोले फागुन २१ गतेको लागी तय भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई सफल पार्न आजको यस पावन् अवसरमा म सबैलाई आह्वान गर्दछु ।’

फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन हुँदैछ । निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन सबै एक भएर लाग्नुपर्ने राष्ट्रपति पौडेलको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)