बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

छलपूर्ण प्रचारबाट मतदाता ठगिनु हुँदैन: एमाले अध्यक्ष ओली


  • माउन्टेन खबर
  • बुधबार, फाल्गुन ६, २०८२
  • 127
    SHARES

काठमाडौं –  नेकपा एमाले अध्यक्ष तथा झापा ५ का उम्मेदवार केपी शर्मा ओलीले प्रश्न छलेर आफूलाई राम्रो देखाउने राजनीति नगरेको स्पष्ट पार्नुभएको छ ।

सामाजिक संञ्जालमा मार्फत उहाँले कतिपय प्रश्नमा आत्मालोचना गर्ने र सुधार्ने पनि गरेका जनाउनु भएको छ ।

उहाँले लेख्नुभएको छ

हिजो झापा -५ का उम्मेदवारबीच पब्लिक डिबेट कार्यक्रममा सहभागी भएँ। उम्मेदवारहरुले एकै ठाउँमा बसेर सार्वजनिक प्रश्नहरूको आमनेसामने जवाफ दिनु लोकतन्त्रको पारदर्शिता हो। चुनाव नागरिकले प्रतिनिधिलाई विश्वास सुम्पिने पर्व हो। उम्मेदवारहरू नागरिक भन्दा टाढा रहने, वास्तविक अनुहार छुपाउने र सुटिङ गरेर तयार गरिएका सामग्री मतदातासम्म पुर्‍याएर चुनाव अवधिभर झुक्याउने परिपाटीबाट नागरिक ठगिनु हुँदैन।

हामीले आफूमाथि उठेका प्रश्नको उत्तर दिँदै आएका छौं । त्यसैले हामीमाथि आलोचना र विरोधहरु पनि सुनिन्छन्। कतिपय प्रश्नमा आत्मालोचना गर्ने र सुधार्ने पनि गरेका छौं। प्रश्न छलेर आफूलाई राम्रो देखाउने राजनीति हामीले गरेनौँ।

पब्लिक डिबेट आयोजना गर्ने आयोजक, त्यसमा भाग लिने उम्मेदवार र सहभागी नागरिक सबैलाई धन्यवाद।

म नागरिकहरुको साथमा रहनेछु।
प्रश्न सोधौँ, एमाले रोजौं ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)