मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

युवापुस्तालाई लिङदेनको आग्रहः फेसबुक र टिकटक हेरेर होइन, यथार्थको धरातलमा टेकेर मतदान गर्नुस्


  • माउन्टेन खबर
  • बिहिबार, फाल्गुन १४, २०८२
  • 170
    SHARES

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेन ले आगामी निर्वाचनमा मतदातालाई सामाजिक सञ्जालको प्रभावमा नपरी वास्तविकताका आधारमा मतदान गर्न आह्वान गरेका छन्।

विहीवार काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ मा आयोजित चुनावी सभामा सम्बोधन गर्दै अध्यक्ष लिङदेनले विशेष गरी युवा पुस्तालाई लक्षित गर्दै फेसबुक, टिकटक, रिल्सजस्ता सामाजिक सञ्जालको प्रभावमा नपरी देशको भविष्यलाई ध्यानमा राखेर मतदान गर्न आग्रह गरेका हुन्। उनले यसपटकको निर्वाचन केवल सांसद छान्ने वा सरकार बनाउने प्रक्रिया मात्र नभई देशको भविष्यसँग जोडिएको निर्णायक मोड भएको बताए ।

अध्यक्ष लिङदेनले देश अहिले अस्तित्व संकटको अवस्थामा रहेको उल्लेख गर्दै, “नेपाल प्रथम, नेपाली प्रथम भन्ने विचारलाई केन्द्रमा राखेर प्रत्येक मतदाताले आफ्नो अमूल्य मतदान गर्नु अघि हजार पटक सोच्नुपर्छ,” भने। उनले विगतमा असफल भएका दल र स्पष्ट दृष्टिकोण नभएका नेतृत्वलाई पुनः मत दिएर गल्ती दोहोर्याउने कि नगर्ने निर्णय मतदाताकै हातमा रहेको पनि जोड दिए ।

उनका अनुसार शान्ति, विकास र स्थिरताको लागि राप्रपा नै एकमात्र विकल्प हो। “राप्रपाले मात्र नयाँ र पुराना सबै राजनीतिक शक्तिहरूलाई मिलाएर अगाडि बढाउन सक्छ। देशमा कुनै समन्वयकारी शक्ति छ भने त्यो राप्रपा मात्रै हो। त्यसैले आगामी संसदमा राप्रपालाई बलियो शक्ति बनाउनु आवश्यक छ,” उनले भने ।

अध्यक्ष लिङदेनले विदेशी हस्तक्षेप र देशभित्रका चलखेलप्रति काठमाडौंवासी सचेत भएको दाबी गर्दै, देश जोगाउन र विकास सुनिश्चित गर्न राप्रपाका उम्मेदवारलाई विजय गराउन मतदातालाई आह्वान गरे ।

उनले भने, “युवा पुस्ता फेसबुक, रिल्स र टिकटकको पछि नलागी यथार्थको धरातलमा आधारित निर्णय लिनुपर्छ, ताकि भविष्य उज्ज्वल रहोस् र स्वाधीन नेपाल आउने पुस्तामा पनि अखण्ड रूपमा हस्तान्तरण होस्।”

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)