शुक्रबार, भदौ २६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

विश्व स्वास्थ्य संगठनलाई दिइरहेको सहयोग रोक्ने अमेरिकी राष्ट्रपतिको धोषणाको चौतर्फी आलोचना


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख ४, २०७७
  • 726
    SHARES

विश्व स्वास्थ्य संगठनलाई दिइरहेको सहयोग रोक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलेको घोषणाको चौतर्फी आलोचना शुरु भएको छ ।

सम्पूर्ण विश्वनै स्वास्थ्य महामारीको विपतसंग लडिरहेका बेला सहयोग रोक्ने निर्णय मानवता विरुद्धकै कार्य भएको भन्दै राष्ट्रपति ट्रम्पको तिब्र आलोचना गरिएको छ । विश्व स्वास्थ्य संगठनको सबैभन्दा ठूलो सहयोगदाता अमेरिकाको निर्णयलाई दोस्रो स्थानका सहयोगदाता विल गेट्सले समेत निकै डरलाग्दो भएको बताएका  छन् ।

राष्ट्रपति ट्रम्पको निर्णय जति डरलाग्दो सुनिन्छ त्यसको परिणाम अझ भयावह हुने विलगेट्सले बताएका छन् । माइक्रोसफ्ट कम्पनीका सह-संस्थापक विल गेट्स र उनकी  पत्नी मलिन्डा गेट्सको संस्था विल एण्ड मलिण्डा फाउण्डेसनले स्वास्थ्य संगठनमा अमेरिका पछि धरै सहयोग दिदै आइरहेको छ ।

राष्ट्रपति ट्रम्पले स्वास्थ्य संगठनले कोभिड नियन्त्रणमा आफ्नो आधारभूत जिम्मेवारी समेत भुलेको र चीनको आवाज बोलेको भन्दै सहयोग रोक्ने धोषणा गरेका थिए।

तर संगठनले भने महामारीलाई लिएर राजनीति नगर्न पटक पटक आग्रह गर्दै आइरहेको छ । संगठनका प्रमुख थेड्रोस एडहोनोमले अमेरिकी निर्णय खेदपूर्ण भएको भन्दै सहयोग निरन्तर रहने विश्वास पनि व्यक्त गरेका छन्।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले पनि यो समय सहयोग रोक्ने भन्दा पनि थप सहकार्य गर्दै अघि बढ्ने भएकोले अमेरिकाले निर्णय सच्याउने बताएका छन्।

स्वास्थ्य संगठनमा अमेरिकाले ४ अर्व डलर सहयोग गर्दा विल गेट्सको संस्था र बेलायतले साढे दुई अर्व डलर सहयोग गर्दैं आएका छन् ।।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)