काठमाडौँ । नेपाली काँग्रेसका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा सबैलाई भोट हाल्न अनुरोध गरेका छन् ।
खड्काले आइतबार सामाजिक सञ्जालमार्फत फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नेपाली काँग्रेसको चुनाव चिन्ह रुखमा भोट हालेर विजय गराउन अनुरोध गरेका हुन् ।
‘‘यो निर्वाचनमा म उम्मेदार किन उठ्दै छैन त्यसको कारण माघ ६ गतेको दिन सामाजिक सञ्जालमार्फत सबैलाई प्रस्ट पारिसकेको छु ’’खड्काले फेसबुकमा लेखेका छन् । उनले निर्वाचन शान्तिपूर्ण र निष्पक्ष सम्पन्न हुनुपर्दछ, यसका लागि माग तथा शुभकामना गरेका छन् ।
आगामी बिहीबार बिहान ७ बजेदेखि सुरु हुने मतदान केन्द्रमा गई प्रतिनिधिसभाको प्रत्यक्ष र समानुुपातिक तर्फका दुवै मतपत्रमा नेपाली काँग्रेसको चुनाव चिन्ह रुखमा स्वस्तिक छापको लालमोहर लगाई भारी बहुमतका साथ विजय गराउन खड्काले सबै मतदातालाई आह्वान गरेका छन् ।
