मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

 सत्य र विवेकले मात्र भ्रमलाई परास्त गर्न सक्छ : सभापति गगन थापा


  • माउन्टेन खबर
  • मङ्लबार, फाल्गुन १९, २०८२
  • 137
    SHARES

 काठमाडौं-  निर्वाचनको मौन अवधिमा सामाजिक सञ्जालमार्फत फैलाइँदै आएका भ्रामक समाचारप्रति नेपाली कांग्रेसका सभापति गगन थापाले अापत्ति जनाएका छन् ।
सभापति थापाले आफू लगायत नेपाली कांग्रेस का उम्मेदवारहरूविरुद्ध सुनियोजित रूपमा असत्य कथा, भ्रामक सूचना र हेरफेर गरिएका भिडियोहरू सार्वजनिक भइरहेकोमा चिन्ता ब्यक्त गरेका छन् । उनका अनुसार यस्तो गतिविधि निर्वाचन आचारसंहिताको उल्लङ्घन मात्र नभई लोकतान्त्रिक मूल्य र संस्कारमाथिको प्रत्यक्ष आक्रमण हो।

थापाले सामाजिक सञ्जाल प्रयोगकर्तालाई सचेत र जिम्मेवार बन्न आग्रह गर्दै फेक सामग्री देखिएमा तुरुन्तै सम्बन्धित प्लेटफर्ममा “Report” गर्न अपिल गरेका छन्। उनले विशेषगरी Facebook, TikTok, YouTube लगायत माध्यमहरूमा फैलाइने अपुष्ट र सनसनीपूर्ण सामग्रीप्रति सावधान रहन आग्रह गरे।

“कुनै पनि सामग्री शेयर गर्नु अघि एकछिन रोकिनुहोस्, तथ्य जाँच गर्नुहोस्,” थापाको आग्रह छ। उनका अनुसार अत्यधिक भडकाउ र भावनात्मक सामग्री प्रायः भ्रामक हुन सक्छ र यसले मतदातालाई भ्रमित पार्ने उद्देश्य राखेको हुन्छ।

निर्वाचनको संवेदनशील समयमा गलत सूचना फैलाउने प्रवृत्तिले स्वस्थ प्रतिस्पर्धालाई कमजोर बनाउने भन्दै उनले सत्य, विवेक र नागरिक सचेतनाले मात्र यस्ता भ्रमलाई परास्त गर्न सकिने बताएका छन्।

लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउन नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै उनले सबै समर्थक तथा शुभेच्छुकलाई जिम्मेवार सामाजिक सञ्जाल प्रयोगमार्फत सत्यको पक्षमा उभिन आह्वान गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)