मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कांग्रेस उपसभापति शर्माले स्वीकारे मतदाताको फैसला

बुलेट´बाट उदाएको माओवादीलाई स्वागतको संयम दोहोर्‍याउँदै `ब्यालेट´बाट आउँदै गरेको रास्वपालाई स्वागत निर्वाचन परिणाम


  • माउन्टेन खबर
  • शुक्रबार, फाल्गुन २२, २०८२
  • 197
    SHARES

काठमाडौँ –  नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रतिनिधि सभा निर्वाचनको परिणामलाई स्वीकारेका छन् । चुनावी प्रारम्भिक मत परिणाम अनुसार पार्टीले लज्जास्पद हार बेहोर्दै गर्दा उपसभापति शर्माले संयमित भएर मतदाताको फैसला स्वीकार्य भएको बताएका हुन् ।

उनले ०६४ सालमा जसरी सशस्त्र द्वन्द्वबाट आएको माओवादीले जितेर उदाएको थियो त्यही संयम दोहोहर्याउँदै रास्वपा आइरहेको भन्दै उक्त परिणामलाई स्वागत गरेका हुन् ।

उपसभापति शर्माले रास्वपाको यो परिणाम अप्रत्याशित नभएको बताएका छन् । उनले ०७९ को चुनावमै रास्वापले उक्त संकेत देखाइसकेको भन्दै अहिले आएको यो परिणाम अप्रत्याशित नभएको बताए ।

रास्वपा ०७९ को असारमा गठन भएर मंसिरमा चुनाव लड्दा राष्ट्रिय दलको मान्यतासहित चौथो ठूलो दल बनेको थियो ।

यसपालिको प्रारम्भिक मतगणना अनुसार रास्वपाको दुई तिहाई मत आउने लगभग पक्का देखिएको छ ।

०७९ को निर्वाचनमा कांग्रेस सबैभन्दा ठूलो दल बनेको थियो ।

यसो लेखेका छन् उपसभापति शर्माले सामाजिक सञ्जाल एक्समाः

मतदाताको फैसला स्विकार्य छ !

`बुलेट´बाट उदाएको माओवादीलाई स्वागतको संयम दोहोर्‍याउँदै `ब्यालेट´बाट आउँदैगरेको रास्वपालाई स्वागत । ०७९ मै प्रस्तुत संकेतका दृस्टीले यो अप्रत्याशित होईन । चर्को आशा अर्को निराशामा बदलिनु हुन्न, देशको मुल प्रश्नमा साथ र खबरदारी दुवै रहनेछ । जय नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)