शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना कहर

घट्यो अन्तर्राष्ट्रिय उडान


  • माउन्टेन खबर
  • बुधबार, मंसिर १७, २०७७
  • 478
    SHARES

काठमाडौं। भदौ १६ देखि नियमित रुपमा शुरु भएको अन्तर्राष्ट्रिय उडान शुरुताका दैनिक २० देखि २५ वटासम्म उडान भए पनि अहिले मुश्किलले करिब २० वटा मात्र उडान हुने गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले पछिल्ला दिनमा अन्तर्राष्ट्रिय उडान बढ्नुको साटो क्रमशः घट्दै गएको बताउनुभयो । उहाँका अनुसार अहिले अन्तर्राष्ट्रियतर्फ दैनिक २० वटासम्म मात्रै उडान हुने गरेको छ । यो आगमन र प्रस्थान दुबै गरेर हो ।

यो सङ्ख्यामा पनि अहिले केही घटेको छ । भदौको दोस्रो साताबाट खुलेको नियमित अन्तर्राष्ट्रिय उडानमा खाडी मुलुकबाट एयरलाइन्सले दैनिक दुई वटा उडान गर्ने गरेकामा अहिले दैनिक एउटा उडान गर्छन् । यता नेपालबाट जापानको नारिताको उडान पनि अहिले अवरुद्ध भएको छ । हङ्कङको पटक–पटक अवरुद्ध भएको उडान अहिले सञ्चालनमा छ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को व्यावसायिक हिसाबले राम्रो गन्तव्य रहेको हङ्कङमा केही यात्रुको पिसिआर रिपोर्ट त्यहाँको परीक्षणमा पुनः पोजेटिभ देखिए पनि नेपाल एयरलाइन्सलाई तीन पटकसम्म उडान रोकेको थियो ।

त्यस्तै पछिल्लो पटक जापानमा पनि केही यात्रुमा पिसिआर परीक्षणको नतिजा पोजेटिभ देखिएपछि जापानको उडान नियामक निकायले नेपाल एयरलाइन्सलाई सचेतपत्र पठाएको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)