मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पूर्वमन्त्री दिपक खड्काले पिएसओ सुविधा नलिने


  • माउन्टेन खबर
  • शुक्रबार, फाल्गुन २९, २०८२
  • 1.0K
    SHARES

काठमाडौँ, २९ फागुन । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दिपक खड्काले सरकारले उपलब्ध गराउँदै आएको पिएसओ सुविधा नलिने हुनुभएको छ ।

निवर्तमान उर्जा, जलस्रोत तथा सिंचाईमन्त्रीसमेत रहनुभएका खड्काले आफ्नो सुरक्षाका लागि सरकारले उपलब्ध गराउँदै आएको पिएसओ सुविधा नलिने घोषणा गर्नुभएको हो ।

पूर्वमन्त्री खड्काले आफूले पिएसओ सेवा नलिनेबारे सम्बन्धीत ठाउँमा जानकारी गराइसकेको बताउनुभयो ।

नेता खड्काले यसअघि आफू सांसद र मन्त्री हुँदा पाउने सरकारी सेवा सुविधा आफ्नो गृहजिल्ला संखुवासभाका गरिब तथा विपन्न नागरिकको सेवामा लगाउँदै आउनुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)