मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि


  • माउन्टेन खबर
  • शनिबार, फाल्गुन ३०, २०८२
  • 169
    SHARES

काठमाडौँ – प्रतिनिधि सभाको निर्वाचनपछि पहिलो पटक नेपाली कांग्रेसको बैठक बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो ।

बैठक आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन, बीपीनगर, ललितपुरमा बस्ने भएको हो । बैठकले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट संख्याको आधारमा प्रतिनिधि सभा सदस्य छनोट गरी निर्वाचन आयोगमा पठाउने निर्णय गर्नेछ ।

उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोधसमेत गरिएको पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसअघिको निर्वाचनको पहिलो दल कांग्रेसले अहिलेको निर्वाचनमा आधाभन्दा कम सिट जितेको छ । प्रत्यक्षतर्फ १८ सिट जितेको कांग्रेसले समानुपातिकमा २० सिट जितेको छ ।

कांग्रेसले चुनावी समीक्षासमेत गरेको छैन । साथै अब हुने पार्टीको नियमित महाधिवेशन र अबको मार्गका बारेमासमेत आइतबारको बैठकमा सामान्य छलफल हुने स्रोतले बताएको छ ।

यस्तो छ विज्ञप्तिः

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)