काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ।
कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिलाई उपस्थितिका लागि आमन्त्रण गरिएको छ । सभापति गगनकुमार थापाको अध्यक्षतामा बस्ने वैठक पार्टीको १५ औं महाधिवेशनको मिति तोक्ने लगायतका विषयमा केन्द्रित रहनेछ।
आइतबार सम्पन्न केन्द्रीय समिति बैठकले नियमित १५ औं महाधिवेशनका लागि केन्द्रित हुने निष्कर्ष निकालेको थियो। फागुन २१ को चुनावको समीक्षा र चुनावी हारको पराजयलाई लिएर सभापतिबाट गगन थापाले दिएको राजीनामा सो केन्द्रीय समिति वैठकले अस्वीकृत गरेको थियो।
