सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कांग्रेसले आगामी वैशाख ४ गते संसदीय दलको नेता चयन गर्ने

संसदीय दलको नेताका लागि नेता अर्जुननरसिंह केसी , भीष्मराज आङ्देम्बे र मोहन आचार्य प्रमुख दाबेदार


  • माउन्टेन खबर
  • आइतवार, चैत्र २९, २०८२
  • 194
    SHARES

काठमाडौं –  नेपाली कांग्रेसले आगामी वैशाख ४ गते संसदीय दलको नेता चयन गर्ने भएको छ ।

गत फागुन २१ मा सम्पन्न निर्वाचन पछि संसदमा प्रतिनिधित्व गरेका ६ दल मध्ये काँग्रेसले मात्रै हालसम्म नेता चयन गर्न सकेको छैन ।

सहमहामन्त्री प्रकाश स्नेही रसाइलीको संयोजकत्वमा गठित निर्वाचन समितिले २ वैशाखमा निर्वाचन कार्यतालिका प्रकाशित गर्ने र ४ वैशाखमा निर्वाचन गर्ने निर्णय गरेको हो ।

सहमति नजुटे प्रतिस्पर्धाका आधारमा नेता चयन गरिनेछ।

संसदीय दलको नेताका लागि नेता अर्जुननरसिंह केसी , भीष्मराज आङ्देम्बे  र मोहन आचार्य प्रमुख दाबेदार मानिएका छन्। त्यस्तै भरत खड्का र निस्कल राईलगायतको पनि चर्चा छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)