मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आशा भोस्लेको सम्झनामा विशेष सांगीतिक साँझ


  • माउन्टेन खबर
  • शनिबार, बैशाख ५, २०८३
  • 188
    SHARES

काठमाडौँ-  नेपालस्थित भारतीय दूतावासले आफ्नो मासिक कार्यक्रम “कला संवाद” अन्तर्गत प्रसिद्ध गायिका आशा भोस्लेको स्मृतिमा विशेष साङ्गीतिक साँझ आयोजना गरेको छ ।

 

कार्यक्रममा भोस्लेका चर्चित गीतहरू प्रस्तुत गर्दै नेपाली ब्यान्ड सुर सुधा र Indian Council for Cultural Relations (आईसीसीआर) नेपालका सङ्गीत शिक्षकहरूले आशा भोस्लेका गीतहरूको प्रस्तुति प्रस्तुत गरेका थिए, जसमा प्रतिष्ठित नेपाली संगीतकार र सांस्कृतिक व्यक्तित्वहरू समावेश थिए।

 

उक्त कार्यक्रममा विभिन्न नेपाली सङ्गीतकर्मी तथा सांस्कृतिक क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा आशा भोस्लेले भारतीय मात्र नभई नेपाली सङ्गीत क्षेत्रमा पुर्‍याएको योगदानको स्मरण गर्दै उनको साङ्गीतिक यात्राको चर्चा गरिएको थियो ।

भारतीय दूतावासले “कला संवाद” कार्यक्रममार्फत नेपाल–भारतबिच सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्य राखेको जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)