मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

१५ औं महाधिवेशनबाट कांग्रेस अझ बलियो: महामन्त्री पौडेल


  • माउन्टेन खबर
  • बुधबार, बैशाख ९, २०८३
  • 176
    SHARES

विराटनगर-  नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले १५ औं महाधिवेशनबाट नेपाली कांग्रेसलाई अझ बलियो बनाउन कार्यकर्ताहरुसँग आग्रह गरेका छन् ।

 

नेपाली कांग्रेस कोशी प्रदेश समितिले विराटनगरमा आयोजना गरेको समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसलाई बलियो बनाउनकै लागि बदलेको बताए । ‘कांग्रेसको नीति र नेतृत्व बदल्नुको उद्देश्य पार्टीलाई अझ बलियो बनाउनु हो,’ उनले भने ।

महामन्त्री पौडेलले समाज जस्तै गरी कांग्रेसलाई रुपान्तरण गर्न समेत आग्रह गरे । ‘हामीले अबको बाटो तय गरौं, समाज जस्तै कांगेसलाई रूपान्तरण गरौं,’ उनले भने ।

महामन्त्री पौडेलले यसका लागि १५ औं महाधिवेशनबाट एकता र सहमति कायम गर्नुपर्ने भन्दै त्यसबाट मात्र संगठन बलियो हुने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)