काठमाडौं- नेपाली काँग्रेस संसदीय दलको नेतामा भिष्मराज आङदेम्बे चुनिने हुनु भएको छ ।
काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेता आङदेम्बेलाई दलको नेता बनाउने सर्वसम्मत रुपमा निर्णय गरेको हो ।
समितिको बैठकमा नेका सभापति गगन कुमार थापाले दलको नेताका रुपमा आङदेम्बेको नाम प्रस्ताव गर्नु भएको थियो ।
दलको नेता चुन्न भएको ढिलाई प्रति आलोचना हुँदै आएको थियो ।
आजै संसदीय दलको बैठकले आङदेम्बेको नामलाई अनुमोदन गर्नेछ ।
आङ्देम्बे कांग्रेसको समानुपातिक सांसद हुन् ।
उनी पार्टीको १४ औं महाधिवेशनमा देउवा पक्षबाट सहमहामन्त्री निर्वाचित भएका थिए । तर, गगन थापालाई सभापति चयन गरेको विशेष महाधिवेशनमा भने उनी सहभागी भएका थिएनन् ।
यसको औपचारिक घोषणा भने संसदीय दलको बैठकबाट हुने बताइएको छ।
