शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

टर्किस एयरलाइन्सको जहाज अबतरण गर्ने क्रममा आगो देखियो

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केही समयका लागि उडान बन्द


  • माउन्टेन खबर
  • सोमवार, बैशाख २८, २०८३
  • 137
    SHARES

काठमाडौं –  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केही समयका लागि उडान बन्द भएको छ।

विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार टर्किस एयरलाइन्सको जहाज ल्याण्ड गर्नेक्रममा पछाडिको ल्यान्डिङ गियरमा आगो देखिएपछि विमानस्थल केही समयका लागि बन्द गरिएको हो।

निरौलाका अनुसार जहाजलाई पार्किङमा व्यवस्थापन गरेपछि मात्र विमानस्थल सञ्चालन गरिनेछ। सोमबार बिहान ७ बजे इस्तानबुलबाट काठमाडौँ आएको एयरलाइन्सको पाङ्ग्रामा अवतरणको क्रममा आगो पछि दमकल प्रयोग गरेर निभाइएको छ ।

विमानमा सबै यात्रु सकुशल रहेको जनाइएको छ । यात्रुहरुलाई इमर्जेन्सी ढोका खोलेर उद्धार गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)