शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कक्षा ११ र १२ का लागि छात्रवृत्ति परीक्षा आवेदन खुला

जेठ १० सम्म अनलाइन फाराम भर्न सकिने


  • माउन्टेन खबर
  • बुधबार, बैशाख ३०, २०८३
  • 145
    SHARES

काठमाडौँ  – काठमाडौँ महानगरपालिका अन्तर्गतका संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८३/०८४ का लागि कक्षा ११ र १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि परीक्षा प्रणालीमार्फत छात्रवृत्ति उपलब्ध गराइने भएको छ।

महानगरपालिकाले जारी गरेको सूचनाअनुसार अनलाइन आवेदन फाराम भर्ने प्रक्रिया २०८३ साल जेठ १ गते बिहान १० बजेदेखि सुरु हुने र जेठ १० गते राति ११:५९ बजेसम्म कायम रहनेछ। इच्छुक विद्यार्थीहरूले काठमाडौँ महानगरपालिकाको आधिकारिक वेबसाइट वा Entrance Portal Kathmandu मार्फत अनलाइन आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

छात्रवृत्तिका लागि परीक्षा भने २०८३ साल जेठ १७ गते बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ। परीक्षा माध्यमिक तह कक्षा १० को पाठ्यक्रममा आधारित रहनेछ, जसअन्तर्गत १०० वटा वस्तुगत बहुविकल्पीय प्रश्नहरू सोधिने महानगरपालिकाले जनाएको छ।

परीक्षासम्बन्धी विस्तृत विवरण, विद्यालयगत छात्रवृत्ति कोटा तथा परीक्षा केन्द्रका जानकारी काठमाडौँ महानगरपालिकाको आधिकारिक वेबसाइट Kathmandu Metropolitan City मा उपलब्ध रहेको सूचनामा उल्लेख गरिएको छ।

काठमाडौँ महानगरपालिकाले विद्यार्थीहरूलाई समयमै आवेदन दिन र आवश्यक कागजातसहित प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)