बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पुटिनको चीन भ्रमणको तयारी अन्तिम चरणमा


  • माउन्टेन खबर
  • शुक्रबार, जेष्ठ १, २०८३
  • 128
    SHARES

FILE PHOTO

काठमाडाैँ –  रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको आगामी चीन भ्रमणको तयारी लगभग सम्पन्न भएको र आधिकारिक मिति चाँडै घोषणा हुने अपेक्षा गरिएको रूसी समाचार एजेन्सी तासले क्रेमलिनलाई उदृत गर्दै जनाएको छ । पत्रकारहरु सँगको साक्षातकारमा बोल्दै क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भ्रमणको तयारी अन्तिम चरणमा रहेको बताउनु भएको छ ।

भ्रमणकोे मिति चाँडै घोषणा गर्ने बताउदै उहाँले भ्रमणको तयारी भइरहेको यसलाई अन्तिम रूप दिने काम भई रहेको पेस्कोभले उल्लेख गर्नु भएको छ । रूसी समाचार एजेन्सि तासका अनुसार पुटिनको आगामी चीन भ्रमण बारे गहन छलफल गरिएको छ । यद्दपी क्रेमलिनले पुटिनको भ्रमणको योजना र एजेन्डाको बारेमा थप विवरणहरू खुलासा गरेको छैन ।

यस अघि, मे –९ मा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारत, चीन र अमेरिकालाई युक्रेन द्वन्द्वमा परिस्थिति जन्य सुचना प्रस्तुत गर्नु भएको थियो । जसमा दोस्रो विश्वयुद्धको सम्झनामा किएभ सँग तीन दिने युद्धविरामको लागि मार्ग प्रशस्त गर्नु भएको थियो । यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चीन स्ट्रेट अफ होर्मुज खुला भएको हेर्न चाहको बताउनु भएको छ । फक्स न्यूजसँगको अन्तर्वार्तामा ट्रम्पले राष्ट्रपति सी सम्झौता भएको हेर्न र आवाश्यक कुनै पनि मद्दत गर्न चाहेको बताउनु भएको छ । ट्रम्पले राष्ट्रपति सी लाई सेप्टेम्बर –२४ मा ह्वाइट हाउस भ्रमण गर्न निमन्त्रणा पनि दिएको जनाइएको छ ।

ट्रम्पले अमेरिकी र चिनियाँ जनता बिचको सवृद्धी र स्थायी सम्बन्धका लागि हालैको अवसर तथा सम्झौता निकै विशेष रहेको उजागर गर्नु भएको छ । बिहीबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सम्मान गर्दै सीले राजकीय भोजको आयोजना गरेको र मेलमिलापको माध्यामबाट समन्वयात्मक रुपमा सँगै अगाडि बढ्न सक्ने प्रस्ताव गरेको जनाइएको छ ।

बेइजिङमा रात्रि भोजको समयमा विश्वको दुई ठूला अर्थतन्त्रहरू बीचको सम्बन्धलाई आधुनिक युगको सबै भन्दा महत्त्वपूर्ण द्विपक्षीय सम्बन्धको रूपमा वर्णन गर्दै सी ले दुवै राष्ट्रहरूले यसलाई कहिल्यै गडबडी गर्न नहुने चेतावनी जारी गरेको जनाइएको छ । चीन र संयुक्त राज्य अमेरिकाका जनताहरुलाई सम्झदै सीले दुवै देशले एक – अर्कालाई सफल हुन र सम्पूर्ण विश्वको कल्याणलाई अगाडि बढाउन मद्दत गर्न सक्ने बताउनु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)