शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सांसदहरुलाई तत्काल उपलब्ध गराइयोस्: अर्जुननरसिंह केसी


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ ४, २०८३
  • 46
    SHARES

काठमाडाैँ –  प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रसका नेता अर्जुननरसिंह केसीले जेन–जी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरे ।

सोमवार प्रतिनिधिसभा बैठकमा शुन्य समय लिएर बोल्दै उनले सो आयोगको प्रतिवेदन अझै औपचारिक रुपमा सरकारले सार्वजनिक नगरेकोमा आपत्ति जनाएका हुन । उनले सो प्रतिवेदन सबै सांसदहरुलाई उपलब्ध गराउन पनि सरकारसंग माग गरे  ।

नेता केसीले भने, ‘भाद्र २३ र २४ को नरसम्हार र विध्वंशको छानविन गर्न गठित गौरीबहादुर कार्की नेतृ्रत्वको जाँचबुभ आयोगको प्रतिवेदन बुझाई सकिएको छ । तर उक्त दस्तावेज अझै औपचारिक रुपमा सार्वजनिक गरिएको छैन । तसर्थ त्यसलाई तत्काल सार्वजनिक गर्दै माननीय सदस्यहरुलाई उपलब्ध गराईसोस भन्ने माग गर्दछु ।’

उक्त आयोगको प्रतिवेदन कार्यान्वयनमा नआएको पनि सांसदहरुको आपत्ति छ । नेता केसीले सरकारले त्यस्ता आयोगहरुको प्रतिवेदन सार्वजनिक गर्ने कुरामा ढिलाई गर्न नहुने बताए  ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)