शनिबार, साउन १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

निबन्ध लेखन तथा भाषण प्रतियोगिता-२०२६ का विजेताहरु पुरस्कृत


  • माउन्टेन खबर
  • बुधबार, जेष्ठ ६, २०८३
  • 60
    SHARES

काठमाडौँ- काठमाडौँस्थित पाकिस्तानी दूतावासले ‘१३ औँ वार्षिक राजदूत निबन्ध लेखन’ तथा ‘नवौँ वार्षिक राजदूत वक्तृत्वकला प्रतियोगिता–२०२६’ को पुरस्कार वितरण समारोह आयोजना गरेको छ।

 

 

पाकिस्तानका संस्थापक मुहम्मद अली जिन्नाको १५० औँ जन्मजयन्तीको अवसर पारेर निबन्ध लेखनको विषय ‘कायद–ए–आजम मुहम्मद अली जिन्नाद्वारा संवैधानिक माध्यमबाट पाकिस्तानको मागलाई मूलप्रवाहीकरण’ तय गरिएको थियो।

प्रतियोगितामा विश्व निकेतन माध्यमिक विद्यालयका प्रतीक पोखरेल प्रथम, द चन्द बाग स्कुलका दक्षेश घिमिरे द्वितीय र प्राञ्जली वल्र्ड स्कुलका नितिन थापा तृतीय भए।

विजेताहरूले प्रमाणपत्र र नगद पुरस्कार प्राप्त गरे भने अन्य विधाका उत्कृष्ट १२ विद्यार्थीहरूलाई पनि विशेष नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरियो।

त्यस्तै उच्च माध्यमिक र विश्वविद्यालय तहका विद्यार्थीका लागि आयोजित ‘के आर्टिफिसियल इन्टेलिजेन्सले पुस्तकायलयहरूलाई ओझेलमा पार्ला’ विषयक वक्तृत्वकलामा सहभागीहरुले आफ्नो तार्किक विचार प्रस्तुत गरेका थिए।

वक्तृत्वकलामा रिलायन्स कलेजका विश्वकला नेपाल प्रथम, नेसनल ल कलेजका छिरिङ तामाङ द्वितीय र सेन्ट जेभियर्स कलेजका बिप्युम चौलागाईँ तृतीय भए।

कार्यक्रमका प्रमुख अतिथि नेपालका लागि पाकिस्तानी राजदूत अबरार एच हाश्मी रहेका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)