काठमाडौँ- प्रतिनिधि सभाको बैठकमा विपक्षी दलका सांसदहरुले नाराबाजी गरेका छन ।
संसदमा प्रधानमन्त्रीको जवाफ चाहिने भन्दै आजको पहिलो बैठकमा विरोध गरेका विपक्षी दलका सांसदहरुले बैठक स्थगनपछि पनि विरोध जारी राखेका हुन ।
१५ मिनेटका लागि स्थगित भएको बैठक करिब डेढ घण्टा पछि पुन: सुरु भएको थियो ।
दोश्रो बैठकमा पनि प्रधानमन्त्रीको जवाफ आउने वा प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्न पाउने कुनै सूचना नपाएपछि विपक्षी दलका सांसदहरुले नाराबाजीसहित रोष्ट्रम घेराउ गरेका हुन ।
प्रधानमन्त्रीको उपस्थिति खोजेर विपक्षीले विरोध गरेपछि सभामुखले पहिलो बैठक स्थगित गरेका थिए ।
स्थगित भएर बसेको दोस्रो बैठकमा सभामुखले विपक्षीको विरोधका बीच बैठक अगाडि बढाएका हुन् ।
अहिले विपक्षीहरू संसद्मा नाराबाजी गरिरहेका छन् ।
